सुनको मूल्य बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मूल्य बढ्यो



काठमाडाैं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार तोलाको ८८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज अर्थात् मंगलबार ३ सय रुपैयाँले बढेर तोलाको ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज तोलाको ८८ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य तोलाको ८८ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर तोलाको ११ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित : ५ आश्विन २०७८, मंगलवार ११:०५