काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट सटही सुरु भएको छ । दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको हो ।
नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्वसाधारण पुगेका थिए । यसपटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ ।
Comment