बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैंक अफ काठमाण्डूका ग्राहकलाई एसआरएल डाईग्नोष्टिकमा विशेष छुट



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र एसआरएल डाईग्नोष्टिक (नेपाल) प्रालिबिच बैंकको डेबिट क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई १० प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले एसआरएल डाईग्नोष्टिकले प्रदान गर्ने प्याथोलिजी सम्बन्धि स्वास्थ्य सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशतसम्म छुट पाउनेछन् । एसआरएल डाईग्नोष्टिकले काण्ठमाडौं उपत्यकाको महाराजगंजबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १७:५४