धितोपत्र बोर्डमा निरज गिरीले पाए निमित्त अध्यक्षको जिम्मेवारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

धितोपत्र बोर्डमा निरज गिरीले पाए निमित्त अध्यक्षको जिम्मेवारी



काठमाडौं । नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी निरज गिरीले पाएका छन् । अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी गिरीलाई दिएको हो ।

मन्त्रालयले बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न गिरीलाई भदौ २८ गते जिम्मेवारी दिएको हो । यससँगै उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् ।

प्रकाशित : २९ भाद्र २०७८, मंगलवार १४:४५