राप्ती हाइड्रोले २९ करोड बराबरको आइपि‌ओ जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राप्ती हाइड्रोले २९ करोड बराबरको आइपि‌ओ जारी गर्ने



काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले प्राथमिक सार्वजनिक निष्काशन(आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिँदै उक्त प्रकृया अघि बढाएको हो ।

कम्पनीले एक सय अंकित दरका २९ लाख ४१ हजार ४१० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले स्थानिय र सर्वसाधारणलाई गरी कूल २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डसँग अनुमति मागेको हो ।

बोर्डको स्वीकृति पाएसँगै कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १३:१३