अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

अरुण कावेलीले १७.८९ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडाैं । अरुण कावेली पावर लिमिटेडले शेयर धनीहरुलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

शनिबार काठमाडौंमा भएको साधारणसभाले संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजिको १७ प्रतिशतको दरले बोनश शेयर लाभांश दिने निर्णय गरेकाे हो ।

साथै कम्पनीले शेयरधनीलाई कर प्रयोजनको लागि थप ०.८९ प्रतिशत नगद लाभांश गरी कुल १७.८९ प्रतिशत दिने निर्णय गरेको छ ।

पाँचथर र ताप्लेजुङको बिच भएर बग्ने कावेली नदीमा २५ मेघावाटको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

२०७६ कार्तिक २३ बाट व्यापारिक उत्पादन शुरु गरेको अरुण कावेली पावर लिमिटेडले ७०.६७ करोड आम्दानी गरिसकेको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार १०:४०