राष्ट्र बैंकले ३ महिना भित्र मौद्रिक नीतिको समीक्षा गर्छः गभर्नर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले ३ महिना भित्र मौद्रिक नीतिको समीक्षा गर्छः गभर्नर



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट प्रतिस्थापन विधेयकको उद्देश्य पूरा गर्न ३ महिना भित्र नेपाल राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको समीक्षाबाट सहजीकरण गर्ने बताएका छन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम बजेट प्रतिस्थापन विधेयकले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीतिको समीक्षा गर्ने अधिकारीले बताएका हुन ।

मौद्रिक नीतिपछि सरकारले बजेट संशोधन गरेकोले अब सोही अनुसारको लक्ष्य पूरा गर्न राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा आवश्यक विषयसाई सम्बोधन गर्न सक्ने जानकारी पनि राष्ट्र बैंकका गभर्नर अधिकारीले दिए ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १९:१८