रेमिट्यान्स बचतमा ५.५० % ब्याज पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

रेमिट्यान्स बचतमा ५.५० % ब्याज पाइने



काठमाडौँ । सेन्चुरी कमर्सियल बैङ्कले नयाँ बचत खाता ‘सेन्चुरी रेमिट प्रिमियम खातामा’ सञ्चालनमा ल्याएको छ ।

न्यूनतम एक हजार मौज्दातमा खोल्न सकिने उक्त खातामा बैङ्कले वार्षिक ५.५० % को दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी गर्ने जनाएको छ ।


यस खातामा अन्य बचत खातामा भन्दा १% बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निःशुल्क उपलब्ध गरिएको बैङ्कको भनाई छ । उक्त खातामा लक्कर सेवा, एटिएम र अन्य सुविधाहरूको व्यवस्था गरिएको छ ।


रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफूलाई सहज हुने सेन्चुरी कमर्सियल बैङ्कको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता खोल्न सकिने बैङ्कले जनाएको छ ।

उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैङ्कलाई अनिवार्य उपलब्ध गराउनुपर्नेछ ।बैङ्कले काठमाडौँ उपत्यकामा २३ शाखाहरू र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरू र ३ वटा एक्सटेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत बैंकिङ्ग प्रणालीबाट आएको रेमिट्यान्स रकम सोही बैङ्कको खातामा बचत गरे एक प्रतिशत बढी ब्याज दिने व्यवस्था गरेपछि बैङ्कहरूले यस प्रकारका खाताहरू सञ्चालनमा ल्याउन थालेका हुन् ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १८:५६