यी हुन आइतबार शेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

यी हुन आइतबार शेयर मूल्यमा उच्च बृद्धि हुने कम्पनी



काठमाडाैं । शेयर बजार नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बढेर २,९४७ दशमलव ४२ को विन्दुमा कायम भएको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ६ दशमलव ३७ प्रतिशतले बढेको छ ।

आज १४ वटा कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

राष्ट्रिय बीमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स कम्पनीको पनि १० प्रतिशतले नै शेयर मुल्य बढेको छ ।

शेयरमूल्य बढ्ने कम्पनीहरुमा नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, अपी पावर कम्पनी, अरुण काबेली पावर कम्पनी, छ्याङिद हाइड्रोपावर, पाँचथर पावर कम्पनी, लिवर्टी इनर्जी कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स, हिमालयन पावर पार्टनर, सिनर्जी पावर डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, नेपाल हाइड्रो डेभलपर्श र शिवश्री हाइड्रोपावर कम्पनी रहेका छन् ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १५:३७