शेयर बजारमा उच्च अङ्कको वृद्धि, ९ अर्ब ४४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा उच्च अङ्कको वृद्धि, ९ अर्ब ४४ करोडको कारोबार



आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेचमा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ७३ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड कारोबार भएको छ ।

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ । आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च प्रतिशतले बढेको छ ।

 
त्यस्तै, सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयर मूल्य आज करिब ४ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७३ करोड भन्दा बढीको कारोबार भएको छ । 

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १५:१९