प्रतिस्थापन बजेटका सशक्त बिरोध गर्नु पर्छः पूर्वअर्थमन्त्री पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रतिस्थापन बजेटका सशक्त बिरोध गर्नु पर्छः पूर्वअर्थमन्त्री पौडेल



काठमाडौँ । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल ले सरकारले ल्याएको प्रतिस्थापन बजेटका सशक्त बिरोध गर्नुपर्ने बताएका छन् ।

सिंहदरबारमा बसिरहेको एमाले संसदीय दलको बैठकमा पौडेलले नयाँ बजेटमा महत्त्वपूर्ण आयोजनाहरुको बजेट कटौती गरिएको, अध्ययनमा भएका १४ सय आयोजना स्थगित गरिएको, एमालेले अघि बढाएका आयोजना कटौती गरिएको, वित्तीय अनुशासन पनि उलंघन भएको र कुनै सिस्टम फलो नगरी यसो गरिएकाले बिरोध गर्नुपर्ने बताएका हुन् ।

सम्बन्धित विभाग वा मन्त्रालयबाट माग पनि नभएका आयोजनामा समेत बजेट हालिएको र सरकारले सिम्बोलिक रुपमा बजेट घटाएर अघिल्लो सरकारले अनावश्यक बजेटको आकार बढाएको मनोविज्ञान बनाउन खोजिएको उनको दाबी छ ।

साधारण खर्चमा १० प्रतिशत कटौतीको स्वागत गर्न सकिए पनि यसको पनि मनसाय दुषित भएको पौडेलले टिप्पणी गरेका छन् ।

७ प्रतिशत आर्थिक वृद्धिको कुरा पनि हचुवाका भरमा राखिएको र अघिल्लो सरकाले ६।५ प्रतिशत भनेकोमा अहिले हचुवाकै भरमा ७ प्रतिशत भनिएको पौडेलको भनाइ छ ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १४:०७