संसदमा एमालेको नाराबाजी जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

संसदमा एमालेको नाराबाजी जारी



काठमाडाै । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज पनि संसद्मा नाराबाजी गरेको छ । दिउँसो १ बजेदेखि शुरु भएको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी जारी राखेको छ ।

एमाले सांसदहरुले संसद् अवरुद्ध गरेका हुन् । यसअघि २३ र २५ गते बसेको बैठकसमेत एमालेले अवरुद्ध गरेको थियो ।

आफूहरुको विरोधबीच नै २३ गते राजनीतिक दलसम्बन्धी अध्यादेश टेबल गरेको र २५ गते प्रतिस्थापन बजेट ल्याएको भन्दै चिढिएको एमालेले पुनः बैठक अवरोध गरेको हो ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १४:०२