ग्लोबल आइएमई बैंकले ४० लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ग्लोबल आइएमई बैंकले ४० लाख ५० हजार इकाई ऋणपत्र निष्कासन गर्ने



ग्लोबल आइएमई बैङ्कले ४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । यसको लागि बैङ्कले रेटिङ सम्पन्न गरेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई ‘इक्रा एनपी इस्युअर रेटिङ ए’ रेटिङ दिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने रेटिङ दिएको हो ।  हाल बैङ्कको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा यसले ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ नाफा कमाएको छ । बैङ्कको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ । 

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १३:५७