सुनचाँदीको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सुनचाँदीको मूल्य घट्यो



काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको हो । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ९५ रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको अन्तिम दिन शुक्रबार भने छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार २ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार २ सय १५ रुपियाँमा कारोबार भएको थियो ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १२:४०