नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

नेप्सेमा एनआईसी एशियाका २ म्युचुअल फण्डहरुको मूल्य समायोजन



काठमाडाैं । नेप्सेमा एनआईसी एशिया क्यापिटलद्धारा संचालित एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डको इकाई मूल्य समायोजन भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाई धनीहरुलाई समान ३० प्रतिशत (कर सहित) का दरले प्रतिफल बितरण गर्ने घोषणा गरेको थियो ।

अब समायोजन पछि एनआईसी एशिया ग्रोथ फण्डको प्रतिइर्का मूल्य १२.२२ रुपैयाँ कायम भएको छ भने एनआईसी एशिया ब्यालेन्सड् फण्डको ईकाई मूल्य ११.२७ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

लाभांश बितरणको लागि क्यापिटलले आज भदौ २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउने छन्।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार ११:००