एमालेको विधान महाधिवेशन सर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

एमालेको विधान महाधिवेशन सर्‍यो

असोज १५ देखि १७ सम्म हुने



काठमाडौँ । नेकपा (एमाले) को विधान महाधिवेशन दुई साता पछि सरेको छ । स्थायी कमिटीको शनिबार (आज) बसेको बैठकले असोज ४ देखि ६ गतेसम्म हुने भनिएको विधान महाधिवेशनलाई १५ देखि १७ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको सचिव योगेशकुमार भट्टराईले जानकारी दिए ।

स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार कबिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार १८:५१