संक्रमण हुनेको संख्या ९ हजार ८ सय ४० « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

संक्रमण हुनेको संख्या ९ हजार ८ सय ४०



काठमाण्डाै । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक हजारमा झरेको छ । पीसीआर र एण्टिजेन गरी ९ हजार ८ सय ४० जनामा काेराेना परीक्षण गर्दा जम्मा नौ सय ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा दोस्रो लहर सुरु भएपछि पहिलोपटक दैनिक थपिनेको संख्या एक हजार भन्दा तल झरेको हो । २४ घण्टामा परीक्षण गरिएकामध्ये १० दशमलव १० प्रतिशतमा मात्रै संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म सङ्क्रमित हुनेकाे सङ्ख्या ८ लाख ६२ हजार नौ सय ४६ जना पुगेको छ ।
यस्तै २४ घण्टामा एक हजार तीन सय ६८ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या सात लाख ३८ हजार ३४ जना पुगेको छ । थप १२ जनाले ज्यान गुमाएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको सख्या १० हजार नौ सय ३६ जना पुगेको छ ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार १८:२७