अपि पावरको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

अपि पावरको साधारण सभा सम्पन्न, हकप्रद र लाभांशको प्रस्ताव पारित



काठमाडौं । अपि पावर कम्पनीको अठारौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको बैठकले निर्णय गरेको आव २०७७/७८ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले बोनश शेयरपछि कायम चुक्ता पूँजीको आधारमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीले बोनश वितरण गरेपश्चात कायम हुने पुँजीको १ः०.३९३६ को अनुपातमा हुन आउने हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सोही सभाबाट पारित गरेको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १८:३०