कारोनाको कारण रोजगारी गुमाएकालाई १० हजार दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

कारोनाको कारण रोजगारी गुमाएकालाई १० हजार दिइने



काठमाडौं । कारोनाको कारण रोजगारी गुमाएकालाई सरकारले प्रतिघरपरिवार १० हजार दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयकमार्फत रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरिब ५ लाख परिवारलाई १० हजार का दरले मापदण्डका आधारमा नगद अनुदान दिने घोषणा गरे ।

सरकारले दिने १० हजार अनुदान स्थानीय तहको समन्वयमा २०७८ असोज महिनाभित्र हस्तान्तरण गरिसक्ने उनले जानकारी गराए ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १७:३८