साधना लघुवित्तको सीइओमा पुनः न्याैपाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साधना लघुवित्तको सीइओमा पुनः न्याैपाने



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) रेशम न्यौपाने पुनः नियुक्ती भएका छन् ।

कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न लागेको हो ।

प्रमुख कार्यकारी अधिकृत न्यौपानेको प्रथम कार्यकाल भदौ ३१ गतेसम्म रहेकाले अब आगामी असोज १ गतेदेखि लागू हुने गरी थप ४ वर्षको लागि नियुक्त गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १५:५६