गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गरिमा विकास बैंकका ग्राहकलाई ‘द एभरेष्ट होटल’मा १५% सम्मको छुट



काठमाडाैं । गरिमा विकास बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलले उपलब्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट पाउनसक्ने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १३:१९