नबिल इन्भेष्टमेन्टको नयाँ म्युचुअल फण्डमा आवेदन खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल इन्भेष्टमेन्टको नयाँ म्युचुअल फण्डमा आवेदन खुल्यो



काठमाडांै । नबिल इन्भेष्टमेन्ट बैङ्किङले आज भदौ २५ गतेदेखि बन्द मुखी सामूहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ । नबल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत रहने गरी १ अर्ब आकारको नबिल ब्यालेन्स नामको १० वर्षे बन्द मुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

इन्भेष्टमेन्टले प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्कासन गरेको हो । त्यस मध्ये न्यूनतम १ करोड ४० लाख इकाई वा बिक्री भएको १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नबल बैङ्कको लागि तथा नबिल इन्भेष्टमेन्टको नयाँ म्युचुअल फण्डमा आवेदन खुल्योन्यूनतम १० लाख वा बिक्री भएको मध्ये १ प्रतिशत इकाई कोष व्यवस्थापक नबल इन्भेष्टमेन्ट बैङ्किङलाई छुट्ट्याएको छ । 

बाँकी रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  आवेदन दिँदा न्यूनतम १ सय इकाई र अधिकतम १ करोड इकाईको लागि आवेदन दिन सकिने छ ।

यस निष्कासनमा छिटोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ । नेपाल धितो पत्र बोर्डले नबल इन्भेष्टमेन्टलाई साउन २९ गते योजना सञ्चालनको लागि अनुमति दिएको थियो । 

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार ०८:३६