क्रिप्टोकरेन्सी गैह्रकानूनी, कारोबार गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

क्रिप्टोकरेन्सी गैह्रकानूनी, कारोबार गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने



काठमाडाै । क्रिप्टोकरेन्सी सम्बन्धी कारोबार नगर्न नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । बैकले यस्तो कारोबारलाई गैह्रकानूनी ठहर गरेको हो ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ गैह्रकानूनी भएकाले कारोबार नगर्न–नगराउन सचेत गराएको हो ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सीहरुको कारोबार , प्रयोग तथा माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउने काम भइरहेको बताएको छ ।

यस्ता कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिनसक्ने देखिएकाले उक्त कारोबारमा संलग्न जो कोहीलाई पनि कानून बमोजिम कारवाही गर्ने चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहीबार १८:१५