नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच समझदारीपत्रमा हस्ताक्षर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच समझदारीपत्रमा हस्ताक्षर



काठमाडौं । नेपाल सुनचाँदी ब्यवासायी महासंघ र एनएलजी इन्स्योरेन्सवीच आइतबार एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुई संस्थावीच सरल र सहजरुपमा इन्स्योरेन्सको कामगर्ने बिषयको समझदारीपत्रमा हस्ताक्षर भएको हो ।


नेपाल सुनचाँदी ब्यवासायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सो समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।


महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार यो समझदारी सँगै अव मुलुकभरका सुनचाँदी ब्यवसायीले एनएलजी इन्स्योरेन्स कम्पनिसँग सहज र सरलरुपमा इन्स्योरेन्स गरी ब्यवसायीक लाभ लिन सक्नेछन् । देशभरका सवै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले कम्पनिको कुनै पनि शाखावाट यो सुविधा लिन सक्ने उहाँले बताउनुयो ।


कर्यक्रममा एनएलजी इन्स्योरेन्सका प्रमूख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले दुई संस्थावीच भएको समझदारीले सुनचाँदी ब्यवसायी महासंघमाआवद्ध ब्यवसायीहरु लाभान्वित हुने धारणा राख्नुभयो ।


यसक्रममा नेपाल सुनचाँदी ब्यवासायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले दुई संस्थाबीच भएको समझदारी र त्यसवाट ब्यवसायिले लिनसक्ने लाभका बारेमा प्रकाश पार्नुभएको थियो ।


महासंघका प्रवक्ता मनोज शाहले ब्यवसायीको हितकालागि महासंघले एनएलजी इन्स्योरेन्स कम्पनिसँग समझदारी गरेको बताउनुभयो ।


सुनचाँदी ब्यवसाय आफैंमा अत्यन्तै संवेदनशील ब्यवसाय हो । यसर्थ यस ब्यवसायमा आवद्ध ब्यवसायीहरुका लागि यो सम्झौताले महत्वपूर्ण लाभ पुग्ने बिश्वास लिइएको छ ।

प्रकाशित : २० भाद्र २०७८, आईतवार १६:५४