चन्द्र ढकालले छाडे धितोपत्र बोर्डकाे सदस्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

चन्द्र ढकालले छाडे धितोपत्र बोर्डकाे सदस्य



काठमाडाैं । नेपाल धितोपत्र बोर्डको सदस्य पदबाट चन्द्र ढकालले राजीनामा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र बोर्डको सञ्चालक छन् ।

आफू व्यवसायमै केन्द्रित रहने भन्दै महासंघको तर्फबाट अर्को प्रतिनिधि पठाउन अध्यक्ष गोल्छालाई ढकालले पत्र लेखेको जानकारी दिए ।

ढकालले पनि आफ्नो सट्टा अर्को कोही पदाधिकारीलाई प्रतिनिधि पठाउन पद छाडेको बताए । सर्वोत्तमको शेयरको कारण राजनीनामा नदिएको उनको भनाइ छ ।

सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि यसअघि मंगलबार नै नेप्सेका सीइओ चन्द्रसिंह साउँदले राजीनामा दिइसकेका छन् ।

प्रकाशित : ९ भाद्र २०७८, बुधबार १५:५७