नेपाल बचत तथा ऋण केन्दिय सहकारी संघ (नेफ्स्कून)ले साउन ३२ गते ३४ आै स्थापना दिवस मनाउदै छ । बिशेष गरि बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेफस्कूनले आगामी दिनमा गर्नुपर्ने गर्नु पर्ने काम र संघ प्रति सहकारीकर्मीहरुको अपेक्षा के रहेको छ भन्ने बिषयलाई हामीले यहाँ समेट्ने प्रयास गरेका छाै ।
थोक कर्जा दिन सक्नेगरी साकोस बैंक चाहियो
(शम्भु घिमिरे , अध्यक्ष,दुर्गा भवानी साकोस)
नेफ्स्कुन भनेको साकोसहरुको केन्द्रीय संघ हो । अबको दिनमा साकोस बैंक सञ्चालनमा ल्याउन आवश्यक छ । त्यो साकोस बैंक मार्फत वित्तीय कारोबार गर्ने र प्राविधिक सहयोग दिनेलाई छुट्याउनु पर्छ । अहिले ठूलो स्केलमा वित्तीय कारोबार भइरहेको छ । नेफ्स्कूनले प्राविधिक सहयोग पनि दिनुपर्छ । यो यसको काम पनि हो । साथै शिक्षा र प्रशिक्षणको कामलाई पनि प्रभावकारी बनाउनुपर्छ ।
साकोसबाट नै डिपोजिट लिने र त्यही बाट लेण्डिङको काम पनि हुने गरेको छ । अहिले यो अर्बौैको अवस्थामा पुगेको छ । त्यसैले अब साकोस बैंक आउनै पर्छ । तल्लो तहका समुदायमा काम गर्ने सहकारीहरु निकै छन् । सानो पुँजी परिचालन गर्ने माध्यम भनेको सहकारी नै हो । अब थोक कर्जा दिन सक्नेगरी बैंक नै आउन आवश्यक छ ।
नेफ्स्कु्नले स्थिरिकरण कोष सुरु गरेको छ । समस्यामा परेका सहकारीहरुलाई सहयोग गर्न भन्दै यो अभियान सुरु भएको हो । यसलाई अब ब्यापकता दिनुपरो । यो हरेक साकोसमा पुर्याएर हरेकले अपनत्व हुने खालको बनाउन आवश्यक छ । सबै सहकारीलाई गोलबद्ध गरेर, पार्टी विशेषको कुरा नगरी सबै सहकारीले अपनत्व गर्ने खालको हुन आवश्यक छ ।
नीति निर्माणमा योगदान गर्न आवश्यक छ । साथै नयाँ बचत तथा ऋण सहकारी ऐन नेफ्स्कुनको नेतृत्वमा आउन आवश्यक छ । यसको लागि विशेष पहल कदमी गर्न आवश्यक पनि छ ।
सबै साकोसलाई एउटै छाना ल्याउनु पर्यो
(भोला पाठक, अध्यक्ष , पाँच तारा साकोस )
नेफ्स्कूनलाई हामीले बचत ऋण सहकारीको छाता संगठन भन्दै गर्दा काठमाडौंका नै धेरै सहकारीहरु सहभागी भएका छैनन् । सबै सहकारीलाई यहाँ आबद्व गराउन सकियो की सकिएन भन्ने महत्वपूर्ण कुरा हो ।
हामीले छाता संगठन भनेपछि सबैले अनिवार्य रुपमा सहभागीता जनाउने व्यवस्था गर्न आवश्यक छ । नेफ्स्कुनले राम्रो सहकारीलाई मात्रै सदस्य बनाउने भन्ने कुरा पनि छ । बचत तथा ऋण सबै सहकारी नेफ्स्कूनमा आएर तिनीहरुलाई पनि नेफ्स्कूनले नै राम्रो बनाउनुपर्छ ।
सरकारले नै बचत तथा ऋण सहकारी दर्ता हुँदा नै नेफ्स्कुनको सिफारिस चाहिने, त्यो क्षेत्रमा अरु सहकारी छन की छैनन् ? प्रतिस्पर्धीको हो भनेर हेरर सिफारिस गरेको भए अनावश्यक सहकारी दर्ता हुँदैन थिए । यसमा सबैको ध्यान जानै पर्छ । आवश्यकता विभागलाई थाहा नहुने भएकोले गर्दा सिफारिस भएपनि मात्रै दर्ता हुने व्यवस्था मिलाउनु पर्छ । आगामी दिनमा पनि यसमा ध्यान दिनैपर्छ । मनिटरिङ पनि गर्न सकिन्छ । यो कुराले नेफ्स्कुनको गुडविल पनि बढने छ । सहकारीको कामकारबाही भित्र नेफ्स्कून जवाफदेही हुने थियो ।
नेफ्स्कूनले बचत तथा ऋण ऐन नै जारी गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं । यो हुन सकेको छैन । यो विषय मन्त्रिपरिषदमा पनि पुगेको छ । यो धेरै आवश्यक पनि छ ।
नेफ्स्कूनले सदस्यसँग उठाएको ५ रुपैयाँ सदस्यको हितमा यो काम गरेका छौं भन्ने हिम्मत अहिले सम्म हुन सकेको छैन । तालिमको नाममा धेरै खर्च भएको छ । यसको ठोस परिणाम देखाउन नेफ्स्कून तयार भएर बस्नुपर्छ । तालिममा यसमा सरकारको लगानी हुन आवश्यक छ ।
गाँउका सहकारीको दाँजोमा काठमाडौंका सहकारीलाई लगानी गर्ने क्षेत्र भएनन् ।
यो विषयमा नेफ्स्कुनले केही बोलेको पनि छैन । लगानीको क्षेत्र पनि बढाउन आवश्यक छ । कुनै राम्रो कम्पनीको सेयर खरिद गरेर सदस्यलाई सामुहिक लगानी गर्ने व्यवस्था गर्न सकिन्छ । सदस्य केन्द्रित बन्नुपर्छ नाफा मुखी बन्नु हुँदैन भनिएको छ । तर व्यवसायीक बनाउनुपर्छ । यसको लागि नेफ्स्कुनले पहल गर्न आवश्यक छ ।
छुट्टै ऐन ल्याउने तर्फ ध्यान दिउ
उद्वव सापकोटा, अध्यक्ष, ज्योती मिर्मिरे सामुहिक साकोस
बचत तथा ऋणको कारोबारको अलावा अहिलेको अवस्थामा कर्जा सूूचना केन्द्र, नविकरणको विषयलाई अझै प्रभावकारी रुपमा अघि बढनुपर्ने छ ।
बचत तथा ऋणको कारोबारको अलावा अहिलेको अवस्थामा कर्जा सूूचना केन्द्र, नविकरणको विषयलाई अझै प्रभावकारी रुपमा अघि बढनुपर्ने छ । स्थिरिकरण कोषको सुरु भएको छ । यसले पूर्णता पाउन सकेको छैन । यसलाई पूर्ण दिनुपर्ने छ । साकोस अभियानको लागि नीति, अनुगमन, सुशासनको विषयमा धेरै काम गर्नुपर्ने छ । प्रबर्धन र विकासको काम अघि बढाउन आवश्यक छ ।
अहिले सबै कुरा डिजिटल भएको छ । यसको लागि पनि काम गर्नुपर्ने छ । साकोसहरुलाई प्रविधि मैत्री बनाउन निकै आवश्यक छ । नेफ्स्कुनले बचत तथा ऋण सहकारीको लागि छुट्टै ऐन ल्याउने तर्फ पनि लाग्नुपर्छ ।
साकोस अभियानमा प्रदेश संघहरु बलियो रुपमा आएका छन् । त्यसमा पनि ध्यान दिएर अघि बढ्नुपर्ने समय आएको छ । समग्रमा सबै साकोसको हितमा काम गर्नु नै अहिले र आगामी दिनको काम हो ।
साकोस अभियानलाई बलियो बनाउने नेफ्स्कूनले हो
( निर्मल हुँमागाई, स्मरण साकोस प्रबन्धक )
नेफ्स्कूनले पछिल्लो समयमा धेरै राम्रो काम गरेको छ । सहकारीलाई विश्वासिलो कारोबार गर्ने र स्थापित बनाउने भन्नेमा धेरै काम गरेको छ । सहकारी विभागसँग आबद्ध रहेर जोखिममा आधारित साकोस सुपरभिजन कार्यक्रम ल्याएको छ । यसमा ६ सय भन्दा बढी साकोस आबद्व हुनुहुन्छ । अर्को भनेको नेपाल स्तरिय ब्राण्ड (प्रोबेसन) रहेको छ । त्यस पनि २०० भन्दा बढी सहकारी रहेको छन ।
एक्सेस ब्राण्डमा गत वर्ष आक्कु फोरमले २७ वटा सहकारीलाई उत्कृष्ठ घोषणा गरेको छ । यो भनेको नेफ्स्कुनको कारणले नै हो । केही सहकारी विधि नीति र प्रकृया भन्दा बाहिर रहेर काम गर्दा नेफ्स्कूनले राम्रो काम गरेन भन्ने पनि गरिएको छ । काम गर्दा केही कमी हुनसक्ला । तर आफूसँग आबद्व भएका साकोसलाई कसरी बलियो विस्वासिलो बनाउने भन्नेमा लागेको छ ।
आगामी दिनमा नेफ्स्कुनले सहकारी विभाग, मन्त्रालय र महासंघसँग समन्वय गरेर काठमाडौं भ्यालीका केही सहकारीमा समस्या देखिएको छ । त्यो समस्या कसरी समाधान गर्ने र सदस्यमुखी साकोस बनाउनुपर्छ भन्नेमा लाग्नुपर्छ ।
वर्षमा १,२ वटा कार्यक्रम निःशुल्क चाहियो
( नारायण बस्नेत , कार्यकारी निर्देशक, सिटि एक्सप्रेस साकोस)
केन्द्रीय स्तरको फेडरेसनले प्रत्येक जिल्लामा जिल्ला बचत संघ खोलिरहेको छ । अबको दिनमा आउने चुनौतीलाई समाना गर्न सदस्य संस्थालाई आवश्यक शिक्षा, तालिम लगायतका काम अघि बढाउनु पर्छ ।
अहिले बागमती प्रदेशले छुट्टै फेडरेसन बनेको छ । उ स्वायत्त छ । नेफ्स्कूनले जसरी प्रारम्भिक सहकारीबाट बचत लिएर लगानी गरेको थियो त्यसै गरी प्रदेश स्तरको प्रदेश फेडरेसनले पनि सुरु गरेको छ । प्रदेश केन्द्र मातहत हुने वा नहुने भन्ने विषय रहेको छ । यसले गर्दा केही चुनौती हुनसक्छ । त्यहाँ प्रारम्भिक सहकारी नेफ्स्कूनमा आबद्व हुने हो वा प्रदेशमा नै रहने भन्ने कुरा पनि रहेको छ ।
केन्द्रीय स्तरको फेडरेसनले प्रत्येक जिल्लामा जिल्ला बचत संघ खोलिरहेको छ । अबको दिनमा आउने चुनौतीलाई समाना गर्न सदस्य संस्थालाई आवश्यक शिक्षा, तालिम लगायतका काम अघि बढाउनु पर्छ । अहिले पनि भएको छ । अहिले पैसा तिरिएको छ । प्रदेशले कसरी गर्ने भन्ने रहेको छ । वर्षमा १, २ वटा कार्यक्रम त निशुल्क चाहियो । प्रदेशले बचत तथा ऋण भन्दा पनि चेतनाका कार्यक्रम अघि ल्याउने छ । त्यसमा ध्यान दिने बेला आएको छ ।
सहकारी गाँउका कुना कन्तरामा रहेका छन् । उनीहरुलाई आबद्ध गराएर सहकारी चलाउन शिक्षा दिन आवश्यक छ । यसमा नेफ्स्कूले लाग्ने बेला भएको छ । अब बचत तथा ऋणका साथै सचेतनाका कायममा लाग्ने बेला भएको छ ।
नेफ्स्कूनको भुमिका बढाउन जरुरी छ
(ओम बहादुर बस्नेत, कार्यकारी प्रमुख, मनिप्लान्ट साकोस)
सबैखाले सहकारी एउटै ऐनबाट चलिरहेका छौं । हाम्रो जेखिम बढी छ । यसको लागि छुट्टै विशेष ऐनको आवश्यक छ ।
नेफ्स्कूनले गरेको काम अहिले पनि निकै राम्रो छ । बचत तथा ऋणको काम गर्ने सहकारीको छाता संगठनको रुपमा उसले निकै राम्रो काम गरेको छ ।
सहकारीको स्तर बृद्वि, प्रतिस्पर्धि बजारमा सँगै हिडनको लागि आवश्यक पर्ने तालिम, बचत परिचालन गर्ने र राम्रो ब्याजदर दिने, आवश्यक परेको समयमा कर्जाको सहुलियन दिने, राष्ट्रिय तथा अन्तराष्ट्रिय एक्स्पोजर गराउने काम गरेको छ । अध्ययन अवलोकन भ्रमण गरेको छ । क्षमता बढाउने काम गरेको छ । यसलाई बढाउँदै लैजानु पर्छ ।
अहिले सबैखाले सहकारी एउटै ऐनबाट चलिरहेका छौं । हाम्रो जेखिम बढी छ । यसको लागि छुट्टै विशेष ऐनको आवश्यक छ । सहकारी एक्लै विभागमा गएर कराएर कसैले पनि सुन्दैन । यसको लागि नेफ्स्कुनले प्रभावकारी रुपमा काम गर्न सकेको खण्डमा सबैको हित हुने छ ।
हामीलाई मात्रै हेरेर बोल्ने सहकारीको अन्य निकाय छैनन । हाम्रो अभिभावकको काम नेफ्स्कूनले गरिरहेको छ । यो अझै प्रभावकारी होस भन्ने सबै साकोसको अपेक्षा रहेको छ ।
सहकारीको हितमा काम गर्ने भन्दैमा कमाउने मेलोमा लाग्नु भएन
( सिता भट्टराई , अध्यक्ष, मातृशक्ति साकोस )
साकोसले नेफ्स्कून हाम्रो संस्था हो भनेर गर्व गर्ने खालको संस्था बनाउन आवश्यक छ ।
नेफ्स्कुनले अहिलेसम्म गरेको काम पनि समग्रमा राम्रो रहेको छ । नेफ्स्कुनको अभियान राम्रो छ । तर नेफ्स्कुनले बीना धितो ऋण नदिने गरेको छ । धितो राखेर त अन्य संस्थाले पनि ऋण दिन्छन । यसमा विचार गर्नुपर्छ । नेफ्स्कूनले जहिले पनि साकोसको हितमा काम गर्नुपर्छ ।
सहकारीको हितमा काम गर्ने भन्दैमा कमाउने मेलोमा लाग्नु भएन । सदस्यसँग ५ रुपैयाँ लिने गरेको छ । यो किन लिएको हो ? यसमा सोच्ने बेला भएको छ । सदस्यको हितमा काम गर्नुपर्ने छ । अहिलेको अध्यक्ष युवा हुनुहुन्छ । उहाँको भिजन पनि निकै राम्रो छ । उहाँको कार्यकालमा सबै साकोसले नेफ्स्कून हाम्रो संस्था हो भनेर गर्व गर्ने खालको संस्था बनाउन आवश्यक छ ।
कोरोना महामारीको मारमा सहकारी संस्थाहरु अवस्था खोज
(गोविन्द प्रसाद काफ्ले, प्रबन्धक , विश्वज्योती साकोस )
न्यूनतम ब्याजदरको विषयमा धेरैको गुनासो छ । चल्न नसक्ने हो की भन्ने चिन्ता छ । यसमा भूमिका खेलोस भन्ने अपेक्षा रहेको छ ।
नेफ्स्कुनको कामले अहिलेसम्म राम्रो छ । तर अझै पनि प्रारम्भिक संस्थाहरु खुसी हुन सकेको देखिएको छैन । प्रारम्भिक संस्थाहरुको अहिलेको समस्या के हो ? उनीहरुलाई कसरी अगाडि बढाउनु पर्छ । उनीहरुको चाहना के छ ? २ वर्षदेखि कोरोना महामारीको मारमा सहकारी संस्थाहरु परेका छन् । उनीहरुलाई कसरी अघि बढाउने भन्नेमा ध्यान दिन आवश्यक छ ।
प्रारम्भिक संस्था बलियो नभएसम्म केन्द्र बलियो हुन सक्दैन भन्ने अनुभुती केन्द्रमा भएका नेतृत्वले बुझ्नुपर्छ । त्यो बुझाई नेतृत्वमा कमि छ ।
ऐनमा बाझिएका कुराहरुमा सहकारी विभाग, मन्त्रालयमा लबिङ गर्न पर्ने हो त्यो हुन सकेको छैन । सन्दर्भ ब्याजदरको विषय बारम्बार आउने गरेको छ । यसमा नेफ्स्कुनले स्पष्ट धारणा राख्नुपर्छ । त्यो हुन नसकेको सहकारीकर्मीको बुझाई छ । उहाँहरुले ब्रोबेसन, एक्सेस जस्ता ब्राण्ड सिमित घेरामा रहेका सहकारीमा मात्रै भयो । यसलाई बृहत बनाउनु पर्छ । न्यूनतम ब्याजदरको विषयमा धेरैको गुनासो छ ।
चल्न नसक्ने हो की भन्ने चिन्ता छ । यसमा भूमिका खेलोस भन्ने अपेक्षा रहेको छ । यो सबैको चाहना पनि हो । उहाँहरुले गरेको काम राम्रो छ । अझै पुगने भन्ने चै हो । २९ बढी सहकारीमा १३ हजार बढी साकोस छन । अहिलेसम्म नेफ्स्ूकुनमा ५ हजार करिब छन् । सबैलाई समावेश गर्नुपर्छ । कमजोर संस्था भए त्यसलाई मर्ज गराएर पनि भए सहकारी अभियानलाई सुन्दर बनाउने उहाँहरुको हातमा छ ।
पचिस अर्बको संस्थाले पाँच रुपैयाँ लिनु राम्रो होइन
( हेम कार्की, प्रमुख कार्यकारी सञ्चालक, जेष्ट आईडियोलोजी साकोस )
राज्यले प्राथमिकता प्राप्त क्षेत्रमा दिने कर्जालाई नेफ्स्कुनको माध्यमबाट दिने व्यवस्था मिलाउनु पर्छ । यसको लागि नीति गत रुपमा काम गर्न आवश्यक छ ।
नेफ्स्कूनले सदस्य बढाउन आवश्यक छ । धेरै साकोस अझै पनि नेफ्स्कूनमा आउन सकेका छैनन । तुलनात्मक रुपमा बढेका छन । अपेक्षा अुनसार हुन सकेको छैन । कोरोना पछि केही बढेको छ । अझै पनि अपेक्षा अनुसार हुन सकेको छैन । त्यो हुने हो भने सहकारी शिक्षाको पनि प्रवाह हुने गर्छ । दायरा बढाउने तर्फ ध्यान दिनुपर्छ ।
यो भनेको अभियान हो । अभियानमा राजनीति नहुने भन्ने त हुँदैन । सहकारी क्षेत्रमा राजनीतिको राम्रो उपस्थिती देखिएको छ । त्यो अलि बढि भयो की जस्तो देखिएको छ । त्यसलाई कम गर्दै लैजानुपर्छ । व्यक्तिगत रुपमा उत्रेर नै हुने आरोप प्रत्यारोप न्यून गरेर जानुपर्छ । त्यसले अभियानलाई असर गर्नु भएन । राजनीति बढी भएका कारण यस्तो भएको हो । यो रोकिनुपर्छ ।
नेफ्स्कूनले परिकल्पना गरेको दिगो सहकारीको अवधारणा अनुसार अघि बढन अभिभावकीय भूमिका निर्वाह गरेको छ । तालिम, शिक्षा, ब्राण्डिङ, व्यवसायिकरणको सवालमा अभिभावको भूमिका निर्वाह गरेको छ । तर पनि अझै पनि प्रविधिमैत्री भने बन्न सकेको छैन । छाता संगठन भएको कारण प्रविधि बलियो चाहिन्छ । पहिलो नेफ्स्कुनलाई बलियो र अभियानलाई मजबुत बनाउनको लागि सदस्यले ५ रुपैयाँ तिरेको हो । त्यसले संस्थालाई असर गर्दैैन । तर आज नेफ्स्कून २२, २५ अर्बको संस्था बन्दा सदस्यसँग ५ रुपैयाँ लिनु राम्रो होइन । यसमा ध्यान दिनुपर्छ ।
राज्यले प्राथमिकता प्राप्त क्षेत्रमा दिने कर्जालाई नेफ्स्कुनको माध्यमबाट दिने व्यवस्था मिलाउनु पर्छ । यसको लागि नीति गत रुपमा काम गर्न आवश्यक छ । राज्यको नीति संसोधान गर्नुपर्ने भएकाले यसमा पहल गर्नुपर्छ । नेफ्स्कूनबाट आएको पैसा प्रारम्भिक संस्थाले पनि लिएर काम गर्न सक्ने हो भने धेरै नै राम्रो हुन्छ । यसले सहकारीको ब्याजदर कम गर्न पनि सहयोग हुने छ ।
विश्वसनिय प्रविधि चाहियो
( इश्वर न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, मिलिजुली कालिञ्चोक साकोस )
ग्रामिण भेग देखी शहरी यरीयामा सञ्चालीत साकोसहरुलाई प्रविधि उन्मुख सेवादिनुपर्दछ भनी सिकाउने कार्यलाई थप प्रभावकारीता सहित निरन्तरता दिनुनै आगामी दिनमा नेफ्स्कुनको प्रमुख भुमिका हुनेछ
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) नेपालमा सञ्चालीत बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संघ हो । हालसम्म नेफ्स्कूने आफ्ना सदस्य संस्थाहरु सँग बचत तथा ऋणको कारोवारको साथै संस्था, संस्थाको मानव संशाधनको क्षमता अभिबृद्धि, साकोसमा प्रविधिको प्रयोग गर्नुपर्दछ भन्ने उत्प्रेरणा प्रवाह, गुणस्तरीयता सुचिश्चितता कार्यक्रम (एक्सेस, प्रोवेसन, कर्भस्, सियुलेग), पल्र्स अनुगमन प्रणालीको पुर्ण प्रयोग आदी कार्यमा अतिनै महत्वपुर्ण भूमिका खेल्दै साच्चैको अविभावक बनेकोमा हृदयदेखी खुसि ब्यक्त गर्न चाहान्छु ।
नेपालको साकोस अभियानले ग्रामिण भेगको कुना कुनामा बचत गर्न सिकाएको छ र बचत गर्ने बानीको विकास गराईरहेको छ । यसको श्रेय नेफ्स्कुनलाई नै जान्छ । पूँजी संकलनको हिसावले समेत राज्यलाई साकोस अभियानले सहयोग गरेको छ । यसरी ग्रामिण भेग देखी शहरी यरीयामा सञ्चालीत साकोसहरुलाई प्रविधि उन्मुख सेवादिनुपर्दछ भनी सिकाउने कार्यलाई थप प्रभावकारीता सहित निरन्तरता दिनुनै आगामी दिनमा नेफ्स्कुनको प्रमुख भुमिका हुनेछ भन्ने लाग्दछ । बिश्वको बित्तीय क्षेत्र क्यासलेस र पेपरलेस हुदै छ । हाम्रो देशको साकोसहरु पनि त्यसको लागि पुर्व तयारीका साथ अगाडि बढ्नु पर्ने देखिन्छ ।
यसकोलागि नेफ्स्कूनले नेतृत्वदायि भूमिका खेल्नु पर्दछ । साकोस भनेको वित्तीय कारोवार हुने क्षेत्र हो । यस क्षेत्रलाई बिभिन्न तर्कहरुको बिज्ञ भन्दा पनि पल्र्स अनुगमन प्रणालीको फ्रेमवर्कमा संस्था चलाउने सक्ने बिज्ञ मानव संशाधनको आवश्यकता पर्दछ । यस बिषयलाई नेफ्स्कूनले आगामी दिनमा सदस्य संस्थाहरुलाई पूर्ण रुपमा सिकाउनु पर्दछ । नेफ्स्कूनका सदस्य संस्थाहरुको नेतृत्व प्रभावकारी बनाउनको लागि नेतृत्वमा जान ईच्छुक शेयर सदस्यहरुलाई अनिवार्य तालीमको ब्यवस्था गर्न सदस्य संस्थाहरुलाई नेफ्स्कूनले उत्प्रेरीत गर्नुपर्दछ भन्ने लागेको छ । यदि सञ्चालक समितिमा आउनु पुर्वनै तालीम दिन सकेको खण्डमा कति तयारी भएमा संस्था सञ्चालन गर्न सकिन्छ र कति क्षमता आवश्यकता पर्दछ भन्ने पुर्व ज्ञान हुन्छ ।
साकोसमा कार्यरत मानव संशाधनलाई कार्यवातावरण बनाउने जिम्मा संस्थाको सञ्चालक समितिको हुन्छ । जुन संस्थामा उत्प्रेरीत मानव संशाधन छन् त्यस संस्थाका शेयर सदस्यहरुले मुस्कान र प्रविधि सहितको सेवा पाउँने बिषयमा दुविधा हुदैन । त्यसैले नेतृत्वपुर्वको तालीमलाई नेफ्स्कूनमा आवद्ध साकोसहरुलाई अनिवार्य बनाउन सकेमा साकोस अभियानमा थप प्रभावकारीता आउनेछ । नेफ्स्कूनले आगामी दिनमा आफ्ना सदस्य संस्थाहरुलाई विश्वसनिय प्रविधि प्रयोग गराउन सक्नु पर्दछ ।
नेफ्स्कूनको नेतृत्वमा सदस्य संस्थाहरु बिच प्राविधिक नेटवर्कि∙ भएमा साकोस अभियानलाई थप सहज हुने हुनाले यस बिषयमा यथासिघ्र कार्य अगाडि बढाउदा साकोस अभियानलाई फाईदा पुग्दछ भन्ने लागेको छ ।
साकोसहरुको लागि आवश्यक पर्ने र सहकारी ऐनमा ब्यवस्था भएको कर्जा सुचना केन्द्रको स्थापना गरीदिन यथासिघ्र पहल गर्नु, स्थिरिकरण कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्नु गराउनु, साकोस अभियानमा हिलो छयाप्ने कार्य बन्द गराई स्वाच्छ प्रतिस्पर्धाको वातावरण सृजना गर्नु गराउनु, साकोस अभियानमा आवश्यक मानव संशाधन स्टकको ब्यवस्था गर्नु, सहकारी ऐनमा भएको अधिकार प्रयोग गर्दै र अधिकार नपुग भएमा ऐन संशोधन वा साकोस ऐनको माग गरी सदस्य संस्थाहरुलाई प्रभावकारी नियमन गर्नु, नेफ्स्कुन साकोस म्यानेजर्स क्लव मार्फत् ज्ञान भण्डार ब्यवस्थापन र रुपान्तरणमा सहयोग गर्नु, कार्यरत मानव संशाधनमा प्रभाव अनुसन्धान गर्नु, राज्य द्धारा जारी हुने दस्तावेजहरुमा बहस पैरवि र परामर्सलाई थप प्रभावकारी बनाउनु, साकोस क्षेत्रमा प्रभावकारी तथा सुविधायुक्त सदस्यसेवा सम्बन्धि अनुसन्धान र विकासलाई प्राथमिकता दिनु आदी कार्यहरुमा नेफ्स्कूनको प्रमुख भूमिका हुनुपर्दछ भन्ने लागेको छ र भूमिका खेल्ने कुरामा दुईमत छैन ।
Comment