उपत्यकमा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उपत्यकमा फेरि एक साता निषेधाज्ञा लम्ब्याइने



उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।

निषेधाज्ञालाई केहि खुकुलो बनाएर जेठ मसान्तसम्म कायम राखिने छलफल भएको छ । तर आधिकारिक निर्णय भने भोलि बिहान मात्रै हुने छ ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलवार १८:१०