काठमाडौं। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा रेडमी नोट १०प्रो को लन्च गरेको छ। । रेडमी नोट -१० सिरिजको यो नयाँ सेटमा १०८ मेगापिक्सेल क्वाड क्यामरा छ ।

६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको यो स्मार्टफोनमा १२० हर्ज अल्ट्रा हाइ रिफ्रेस रेटसहित ६.६७ इन्चको एमोएलइडी डिस्प्ले छ। क्वालकम स्न्यापड्रागन ७३२जी प्रोसेसर रहेको यो सेटमा ५०२० एमएएच ब्याट्री छ।

यो फोनमा ३३ वाटको फास्ट चार्जिङ रहेको र तीन विभिन्न रङमा उपलब्ध हुने साओमीले जनाएको छ। रेडमी नोट १० प्रो अन्एक्स खरानी, ग्लेसियर नीलो र ग्रेडियन्ट ब्रोन्ज रङमा उपलब्ध छन्।
फोनमा आर्क साइड फिंगर प्रिन्ट सेन्सर, डुअल स्पिकर छ। स्मार्टफोन पानी तथा धुलो रेसिस्टेन्ट रहेको कम्पनीले जनाएको छ।

कम्पनीले फोनको मूल्य ३३ हजार ९९९ रुपैयाँ तय गरेको छ। साओमी नेपालले रेडमी नोट १० प्रो छिट्टै देशभरका आधिकारिक स्टोरहरुमा उपलब्ध हुने जनाएको छ।





Comment