अक्सिजन छैन भनेर नागरिकलाई त्रसित नपार्न अस्पताललाई सीडीओको चेतावनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अक्सिजन छैन भनेर नागरिकलाई त्रसित नपार्न अस्पताललाई सीडीओको चेतावनी



काठमाडाैँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले जिल्लाका अस्पतालहरूलाई अक्सिजन छैन भनेर नागरिकलाई त्रसित नपार्न चेतावनी दिएका छन्।

बुधबार विज्ञप्ति जारी गरी उनले कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सार्वजनिक सूचना जारी गरेर जनतामा त्रास नफैलाउन चेतावनी दिएका हुन्।

अक्सिजन आपूर्तिका लागि सबै पक्षबाट प्रयास भइरहेकाले सार्वजनिक सूचनाका नाममा जनतामा त्रास नफैलाउन काठमाडौं जिल्ला प्रशासन कार्यालयले सम्बन्धित अस्पस्तालको ध्यानाकर्षण गराएको हो।

संवेदनशील अवस्थामा सबै पक्ष जिम्मेवार भई कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले आग्रह गरेका छन्।

प्रकाशित : 12 May, 2021 9:13 pm