काठमाडौँ । प्रभु क्यापिटलले जेठ पहिलो साताबाट प्रभु सेलेक्ट फन्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने तयारी गरेको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको फन्डले १ अर्ब बराबरको १० करोड इकाई बिक्री खुला गर्न लागेको हो ।
योजनाको कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । यस योजनाले इकाई बिक्रीबाट सङ्कलित रकमको ८० देखि १०० प्रतिशत सम्म सेयरमा लगानी गर्ने छ ।
निष्कासित इकाईमध्ये कोष प्रवर्द्धक प्रभु बैङ्कले १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात् १० लाख इकाई गरी १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाइ सुरक्षित गरिएको छ । ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
पण्ढको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेठ ९ गते भित्र आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा १९ गते सम्म आवेदन दिन सक्नेछन् ।
Comment