सुनको मूल्य आज ह्वात्तै बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य आज ह्वात्तै बढ्यो



काठमाडौँ । सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजको लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार २ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० रुपियाँ निर्धारण गरिएको छ । 


बिहिबार भने छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो । 

गत साताको अन्तिम दिन शुक्रबार ८९ हजार ९ सय रहेको सुनको मूल्य यो साताको अन्तिम दिन आज शुक्र बाह्रसम्म आइपुग्दा १ हजार ८ सय बढेर प्रतितोला ९१ हजार ७ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ बाट ५५ रुपियाँ बढेर १ हजार ३ सय ५० रुपैयाँ पुगेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य उकालो लागेकाले त्यसैको प्रभाव नेपाली बजारमा समेत परेको महासङ्घले जनाएको छ ।  

प्रकाशित : २४ बैशाख २०७८, शुक्रबार ११:५३