आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८९ करोड ५४ लाख बीमा शुल्क आर्जन गर्‍यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बैंक / वित्त

आईएमई लाइफ इन्स्योरेन्सले १ अर्ब ८९ करोड ५४ लाख बीमा शुल्क आर्जन गर्‍यो



काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ८९ करोड ५४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही  अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ११५ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ८८ करोड १९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो ।


यस अवधिमा कम्पनीले १ अर्ब ८५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११३ प्रतिशतले बढी हो ।


कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा ४५ करोड ५ लाख ९ हजार रुपैयाँ संचिती रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ५९ दशमलव ६२ प्रतिशतले बढी हो ।

जीवन बीमा कोषमा २ अर्ब ४९ करोड ८३ लाख ६३ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ११० दशमलव ८७ प्रतिशतले बढी हो । त्यसै गरी महा विपत्ति कोषमा ५ करोड रुपैयाँ रहेको छ ।


यस अवधिसम्ममा कम्पनीले ३४ करोड ११ लाख ३ हजार रुपैयाँ  खुद दाबी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ३१ लाख १८ हजार खुद दाबी भुक्तानी गरेको थियो ।


यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १० करोड १ लाख ३३ हजार रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा २  दशमलव ३  प्रतिशतले बढी हो । गत वर्ष कम्पनीले ९ करोड ८१ लाख ३७ हजार खुद नाफा गरेको थियो ।


यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७५ पैसा रहेको छ ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार १३:००