राष्ट्र बैंकले १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्र बैंकले १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने



काठमाडाै । नेपाल राष्ट्र बैंकले १५ अर्ब ३३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनको अवधिको लागि ९ अर्ब ३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार ८ गते परिपक्क हुनेछ ।


त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ४ अर्ब ३० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज ५ गते परिपक्क हुनेछ ।

यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल चैत्र ८ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल चैत्र १० गते, मंगलबार बिक्री हुनेछ ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार १७:११