बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन – ७ दिन भित्र कर्जा लगानीको विवरण बुझाउनु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन – ७ दिन भित्र कर्जा लगानीको विवरण बुझाउनु



काठमाडाै । नेपाल राष्ट्र बैंकले बैंकहरूले लगानी गरेको कर्जाको विवरण मागेको छ ।

राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै लक्षित वर्गलाई तोकिएको कर्जा सो वर्गको पहुँचमा पुगे÷ नपुगेको अनुगमन गर्न लागेको हो ।

पुनरकर्जा, सहुलियतपूर्ण कर्जा तथा व्यवसायिक निरन्तरता कर्जा तोकिएको वर्गलाई प्रदान गर्नु पर्ने राष्ट्र बैंकको नियममा उल्लेख गरिएको छ ।

“क”, “ख”, “ग” र “घ” वर्गका बैंक तथा वित्तीय संस्थाहरूले ऋणीहरूको विवरण सहितको रिपोर्ट बुझाउन राष्ट्र बैंकले आग्रह गरेको छ ।

विवरण सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बैंकको रिपोर्टिङ पोर्टलमा बुझाउन राष्ट्र बैंकले भनेको छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार १८:००