दश कित्ते नीति परिवर्तन गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दश कित्ते नीति परिवर्तन गर्ने तयारी



काठमाडाै । प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले आइपिओ बाँडफाँडमा हाल प्रयोग हुँदै आएको १० कित्ते नीति परिवर्तन गर्ने संकेत गरेको छ ।

आवेदन दिने सबैले न्यूनतम १० कित्ता पाउँदा प्रभावकारी भए पनि केही विकृति आएको भन्दै यसलाई हटाउनको लागि अध्ययन भईरहेको बोर्डले जनाएको छ । अहिलको १० कित्ते नीति परिमार्जन गर्नुपर्ने महशुस भएको नेपाल धितो पत्र बोर्डका अधिकारीले बताएका छन् । ।

१० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको बताइएको छ । बोर्डले न्यूनतम ५० कित्ता पुर्याउने गरि छलफल गरिरहेको जनाएको छ ।

बोर्डका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आइपिओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने बताएको छ । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने ब्यबस्था गरिएको छ ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार १७:१०