भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो, मूल्यमा कालोबजारी शुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगायो, मूल्यमा कालोबजारी शुरु



काठमाडौं । दक्षिणी छिमेकी भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना प्रकाशित गरी सबै प्रकारका प्याजको निकासीमा प्रतिवन्ध लगाएको हो । सरकारको यो निर्णय तत्काल लागू भएको बीबीसी हिन्दीले जनाएको छ।

प्याजको धुलो बाहेक अन्य प्राथमिक उत्पादनको निर्यात पूर्ण रुपमा प्रतिबन्ध लागेको हो । नेपालमा सुकेको प्याज भारतबाट आयात हुँदै आएको छ । कोभिड १९ संक्रमितहरुका लागि समेत उपयोगी हुने भन्दै भारतमा प्याजको खपत बढीरहेको छ । भारतमा पछिल्ला दिनमा दैनिक एक लाख कोरोना संक्रमित थपिइरहेका छन् । जसले गर्दा भारत सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको देश बन्न पुगेको छ ।

भारतले यसअघि पनि मुलुकमा माग बढ्दा प्याजको निकासीमा प्रतिबन्ध लगाउँदै आएको थियो । प्याज बढी खपत हुने सहरी क्षेत्रहरु र औद्योगिक स्थानहरुमध्ये राजधानी उपत्यकामा कालीमाटी फलफूल तथा तरकारी बजारले प्याजको थोक मूल्य ६० रुपैँया प्रतिकेजी कायम गरेको छ । भारतमा प्रतिबन्धसँगै नेपालमा सुकेको (भारतीय) प्याजको माग बढ्न सक्ने बताइएको छ ।

प्रकाशित : ३० भाद्र २०७७, मंगलवार ११:०३