सुनको मूल्य ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको मूल्य ओरालो लाग्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । आज सुनको मूल्य तोलामा एक सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ९ सय निर्धारण गरिएको छ ।

बिहिबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय थियो भने तेजावी सुनको मूल्य ९६ हजार रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार १०:५४