एभरेष्ट बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा १० प्रतिशत छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकका ग्राहकलाई पीसीआर परीक्षणमा १० प्रतिशत छुट



काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटी पीसीआर परीक्षणको लागि कमलपोखरी स्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीसँग सहकार्य गरेको छ ।

हाल कोविड९ १९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ । जस अन्तर्गत एभरेष्ट बैंकको डेबिटरक्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएल बाट आरटी पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५५०० मा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।

नगद करोबारमा पनि कोविड–१९ को जोखीम भएको हुँदा ग्राहकहरुले एभरेष्ट बैंकको मोबाइल बैङ्किङ एप (EBL Touch 24) प्रयोग गरेर पनि कोविड–१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन् ।

बैंक र सीडीएलबीचको सहकार्य बैंकका नायब –महाप्रबन्धक डा सन्धीर कुमार र सीडीएल प्रयोगशालाका कार्यकारी निर्देशक मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार ११:५१