कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुग्यो



काठमाडाै । नेपालमा एक महिला सहित थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला,सिरहाका ६८ वर्षीय पुरुष,धुनषाका ७६ र ६६ वर्षीय पुरुष र रुपन्देहीका एक पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा.जागेश्वर गौतमले जनाकारी दिए ।

यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलवार १६:४०