काठमाडाैका ३२ वटै वडामा कोरोनाको संक्रमण, कहाँ कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

काठमाडाैका ३२ वटै वडामा कोरोनाको संक्रमण, कहाँ कति ?



काठमाडाै । काठमाडाै उपत्यकामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमित व्यापक बन्दै गएको छ । काठमाडाै सबै ३२ वटै वडामा संक्रमण फेला परेको छ । वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै ललितपुरमा ४ सय ११ जना तथा भक्तपुरमा २ सय ७२ जनामा संक्रमण देखिएको छ ।

नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ । जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ । १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।पछिल्लो समय काठमाडौंसँगै ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार १३:४६