कोरोना सङ्क्रमितको संख्या ३१ हजार नाै सय ३५ पुग्यो, डिस्चार्च हुने कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

कोरोना सङ्क्रमितको संख्या ३१ हजार नाै सय ३५ पुग्यो, डिस्चार्च हुने कति ?



काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या ३१ हजार नाै सय ३५ पुगेकाे छ । गएको २४ घण्टामा जनामा आठ सय १८ कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा आठ हजार २६ जनाको पीसीआर विधिमार्फत काेराेना परीक्षण गर्दा आठ सय १८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा दुई सय ८१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या १८ हजार ६ सय ३१ पुगेको छ ।

अब नेपालमा १३ हजार एक सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै ११ हजार चार सय १४ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार १७:१४