नेपालमा ७०७ जना नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

बीमा

नेपालमा ७०७ जना नयाँ संक्रमित थपिए, काठमाडौं उपत्यकामा कति ?



काठमाडौं । नेपालमा ७०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ७०७ जना नयाँ संक्रमित थपिएका हुन् ।

काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गौतमले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २०० जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा आज थपिएका नयाँ संक्रमित काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित : ४ भाद्र २०७७, बिहीबार १६:४०