संक्रमण बढे पछि एटिएम प्रयोगकर्तालाई दियो सरकारले यस्तो सुझाव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

संक्रमण बढे पछि एटिएम प्रयोगकर्तालाई दियो सरकारले यस्तो सुझाव



काठमाडाै । कोराेना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै गएको छ । सार्वजनिक स्थानमा धेरै प्रयोग हुने एटिएम मेसिन पनि हो । अहिले बैंकका शाखाहरुको भिड एटिएम मेसिन तिर मोडिन थालेको छ । यसले आमसर्वसाधारणमा जोखिम समेत उत्तिकै बढेको हो ।

नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैंकको एटीएम मेसिनबाट रकम झिकेपछि अनिवार्य रुपमा स्यानिटाइजर लगाउन अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एटीएम मेसिनबाट रकम झिकेपछि हातमा स्यानिटाइजर लगाउन अपिल गरेको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक स्थलमा रहेका एटीएम मेसिन एकै दिनमा धेरै मानिसहरुले प्रयोग गर्ने हुनाले कोरोना संक्रमणको जोखिम हुने बताए । उनले बैंकहरुलाई एटीएम बुथ बेला बेलामा डिस इन्फेक्सन गर्न पनि आग्रह गरेका छन् ।

प्रकाशित : २ भाद्र २०७७, मंगलवार १७:४५