नेपाल टेलिकमको आम्दानी किन ओरालो लाग्यो ? यस्तो छ कारण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल टेलिकमको आम्दानी किन ओरालो लाग्यो ? यस्तो छ कारण



काठमाडौं । नेपाल टेलिकमको नाफामा गिरावट आएको छ । गत आर्थिक वर्षमा टेलिकमले ८ अर्ब ५५ करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

कम्पनीले कोभिड १९ को बेलामा प्रयोगकर्ताहरुलाई निःशुल्क सुविधा दिएकोले बिक्री आम्दानी प्रभावित भइ नाफा घटेको हाे।

कम्पनीले कोभिड १९ को महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको शत प्रतिशत बोनस प्रदान गरेको थियो। यस्तै, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट, ५ करोडको निशुल्क कल सेवा उपलब्ध गराएको थियो ।

अघिल्लो आर्थिक वर्षमा टेलिकमको खुदनाफा ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा टेलिकमको नाफा १ अर्ब १९ करोड ७९ लाख रुपैयाँ घटेको छ । यो १२.२७ प्रतिशत हो ।

टेलिकमको खुद आम्दानीमा कमी आएपछि यसको असर नाफामा परेको हो । गत आर्थिक वर्षमा टेलिकमले ४१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा टेलिकमले ४३ अर्ब ८३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

नाफामा गिरावट आएपछि टेलिकमको प्रतिसेयर आम्दानी खुम्चिएको छ । गत आर्थिक वर्षमा टेलिकमको प्रतिसेयर आम्दानी ५७ रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ६५ रुपैयाँ थियो ।

प्रकाशित : ३० श्रावण २०७७, शुक्रबार १४:०४