प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण



काठमाडाै । प्रभु बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रभु बैंकको सुनसरीको सिमरास्थित शाखाका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।

काठमाडौं जिल्ला कागेश्वरी–२ घर भएका उक्त कर्मचारीको बाराको सिमरास्थित एक क्वारेन्टाइनमा भएको स्वाब संकलन गर्दा उनको कोरोना पोजेटिभ पुष्टि भएको प्रहरीले जनाएको छ । हाल ती कर्मचारीको स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको छ ।

यसअघि बिरगंजमा नेपाल बंगलादेश बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो भने त्यसअघि धादिङमा मेगा बैंकका कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएको थियो ।

त्यसअघि बाणिज्य बैंकका एक ब्रान्च मेनेजर र कृषि बिकास बैंक लिमिटेडका एक कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।

सेन्चुरी कमर्सियल बैंक लिमिटेडका कर्मचारीमा पनि केहि समयअघि कोरोना संक्रमण पुष्टी भएको देखिएको थियो।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १६:१४