संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना भाइरस संक्रमण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना भाइरस संक्रमण



काठमाडौं । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परिक्षणका लागि स्वाब दिएका पाण्डेको रिर्पोट पोजेटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । पाण्डेमा संक्रमण पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।

प्रकाशित : २२ श्रावण २०७७, बिहीबार १५:३९