काठमाडाै । हिमालयन बैंकले ३ बर्षदेखि कुनैपनि कारोबार नभएका निष्कृय खाताहरु बन्द गर्ने भएको छ । बैंकले ३ बर्षदेखि निष्कृय रहेका २०० रुपैयाँ भन्दा कम मौज्दात भएका बैंक खाताहरु बन्द गर्ने सूचना जारी गरेको हो ।
त्यस्तै बैंकले त्यस्ता खाताहरु असोज ३० गतेभित्र सकृय गराउनपनि अनुरोध गरेको छ । उक्त मिति भित्र यदि सकृय नगराएमा पूर्व सूचना नदिई उक्त खाताहरु बन्द गर्ने बैंकले जारि गरेको सूचनामा उल्लेख छ ।
Comment