सुनको भाउ उकालो लागेको लागै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सुनको भाउ उकालो लागेको लागै



काठमाडाै । नेपाली बजारमा बहुमूल्य पहेँलो धातु सुनको भाउ एकै दिन १ हजार २ सय रुपैयाँले बढेको छ।

योसँगै आज सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।

आइतबार ५ सयले बढेर छापावाला सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार सुनको भाउ एकै दिन १ हजार ३ सयले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसअघि बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९७ हजार ६० सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन आइतबार ९५ हजार ८ सय ६०, शुक्रबार ९५ हजार ३ सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको भाउ पनि ह्वात्तै वृद्धि भएको छ। चाँदी हिजो आइतबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ पुगेकोमा आज सोमबार थप ५५ बढेर तोलाको १ हजार २ सय १० कायम भएको छ। गत शुक्रबार १ हजार १ सय ५० थियो।

महासंघका अनुसार साउन ४ मा छापावाल सुनको भाउ तोलाको ९२ हजार ५ सय, ५ मा ९२ हजार ३ सय, ६ मा ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय, ९ मा ९५ हजार ८ सय र ११ गते ९६ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै चाँदीको भाउ साउन ४ मा तोलाको १ हजार ५, ५ मा १ हजार, ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५, ९ मा १ हजार १ सय ५० र ११ गते १ हजार १ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार १२:०४