प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

प्रुडेन्सियल इन्स्योरेन्सले ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समूहतर्फको ५४ हजार ६३१ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत चैत १८ गतेदेखि असार १९ गतेसम्म बिक्री गरेको हकप्रदमा विक्री नभएको शेयर लिलामी गर्न लागेको बताएको हो।

कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

लिलामी शेयरमा साउन १२ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्न सकिने बिक्री प्रबन्धक बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । लिलामीको शेयरमा क्यापिटल एनएमबि बैंकका विभिन्न शाखा कार्यालय मार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ।

उक्त शेयरमा न्यूनतम एक सय कित्तादेखी अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५ सय रुपैयाँ हाराहारी छ ।

हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार ०८:४३ 20 July, 2020 8:43 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।