नेप्से परिसूचक ६.०४ प्रतिशत बढेर कारोबार बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से परिसूचक ६.०४ प्रतिशत बढेर कारोबार बन्द



काठमाडौं । नेपाल स्टक एकसचेञ्ज (नेप्से) परिसूचक ६.०४ प्रतिशत बढेर आजको कारोबार बन्द भएको छ ।

आज ११ बजे खुलेको बजार ५ मिनेटमा नै पहिलो सकारातक सर्किट लागेको थियो । त्यसके २० मिनेट पछि फेरि शुरु भएको कारोबार १२ बजेर ८ मिनेट जाँदा पुरै दिनको लागि स्थगित भएको हो ।

नेप्सेका अनुसार आज ६ करोड २५ लाख ६६ हजार २९३ रुपैयाँको कोरोबार भएको थियो । आज नेप्से ८४.२६ अंकले बढेर १४ सय ७९ विन्दुमा पुगेको छ । आज जम्मा ६६३ वटा कारोबार मार्फत १ लाख ८० हजार ५९६ कित्ता शेयर किनबेच भएको हो । आज म्यूचुअल फण्डबाहेक सबै समूहको शेयर मूल्यमा बृद्धि भएको छ ।

प्रकाशित : ४ श्रावण २०७७, आईतवार १३:३९